पुलिस र संकटा बराबरीमै

काठमाण्डु टुडे २०७० माघ ४ गते ९:१२ मा प्रकाशित

काठमाण्डु, ४ माघ – सहिद स्मारक ए डिभिजन फुटबलमा नेपाल पुलिस क्लबले संकटा क्लबसँग गोलरहित बराबरी खेलेको छ ।

यो बराबरीसँगै पुलिसको ६ खेलबाट ११ अंक भएको छ र उसले शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङदीसँग अंक बराबरी गर्ने मौका पनि गुमाएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका गुमाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us