एनआरएन अष्ट्रेलियाले वृद्धाश्रम बनाउने

काठमाण्डु टुडे २०७० माघ ४ गते ५:५२ मा प्रकाशित

काठमाण्डु, ४ माघ – गैह्रआवासीय नेपाली संघ एनआरएन अष्ट्रेलियाले मोरङको विराटनगरमा वृद्धाश्रम निर्माण गर्ने भएको छ ।

एनआरएनले स्थानीयहरुसँगको सहकार्यमा विराटनगर उपमहानगरपालिका वडा नम्बर १३ मा पाथिभारा जेष्ठ नागरिक वृद्धाआश्रम निर्माण गर्न विराटनगर उपमहानगरपालिकासँग सम्झौता गरेको छ ।

स्थानीय निकायसँगको सहकार्यमा निर्माण भएको नेपालको पहिलो गैह्र आवसीय परोपकारी परियोजना हो । सम्झौताअनुसार उपमहानगरपालिकाले जमिन, सडक, पानी उपलब्ध गराउने छ भने, एनआरएनले भवन निर्माण तथा सञ्चालन गर्नेछ ।

सम्झौतापछि काठमाण्डु टुडेसँग कुरा गर्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले विद्धाश्रम अन्तराष्ट्रिय मापदण्डअनुसार निर्माण हुने जानकारी दिए ।

भूकम्प प्रतिरोधात्मक बनाईने भवनमा आधुनिक मनोरञ्जनात्मक कक्ष, पुस्तकालय, बगैंचा निर्माण, आधुनिक गाईपालन फार्म र एम्बुलेसन्स सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

पहिलो चरणमा ५० जना जेष्ठ नागरिकलाई सेवा पु¥याउने उद्देश्यसहित निर्माण हुन लागेको आवासका लागि २ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us