इँटाभट्टाका बालबालिकाको लागि १५ करोड बजेट !

काठमाण्डु टुडे २०७० माघ ३ गते १३:५६ मा प्रकाशित

भक्तपुर, ३ माघ–brick- भक्तपुरको इँटाभट्टामा कार्यरत बालबालिकाका लागि सन् २०१४ मा विभिन्न कार्यक्रम सञ्चालन गर्न सेभ द चिल्ड्रेनले करिब १४ करोड ९३ लाख बजेट खर्च गर्ने भएको छ ।

जिल्ला विकास समिति भक्तपुर र सेभ द चिल्ड्रेनले गरेको सन् २०१३ को वार्षिक प्रगति समीक्षा तथा सन् १०१४ को कार्यक्रमबारे जानकारी विषयक कार्यशालामा सेभ द चिल्ड्रेन कार्यक्रम संयोजक निलम धनुसेले भक्तपुरका इँटाभट्टामा बालवालिकाका लागि कार्यक्रम सञ्चालन गर्न चार लाख अमेरिकी डलर र छ लाख ७५ हजार पाउण्ड स्ट्रलिङ डलर (करिब रु १४ करोड ९२ लाख) खर्च गर्ने सम्झौता भएकोे जानकारी दिए ।

यो रकम इँटाभट्टामा कार्यरत सेभ द चिल्ड्रेनअन्तर्गतका संघसंस्था र नेपाल सरकारमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनले बताए । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको जिविस, बाल विकास समाज, कन्सोर्टटियम, प्रेरणा, जिल्ला बाल कल्याण समितिलगायतका संस्थामार्फत कार्यक्रमहरु सञ्चालन गरिने उनको भनाइ थियो ।

इँटाभट्टामा सञ्चालन गरिने कार्यक्रमहरुमा विभिन्न संस्थामार्फत शिशु स्याहार कक्षा, खाजा कार्यक्रम, अनौपचारिक कक्षा, विशेष कक्षा, छात्रवृत्ति, जीवन उपयोगी सीप तालिम, सचेतना कार्यक्रम, सरसफाइ कार्यक्रम, स्वास्थ्य शिविरलगायतका कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । आएको बजेटमा ३० प्रतिशत बजेट मात्र तलब भत्तामा खर्च गरिने र बाँकी ७० प्रतिशत बजेट कार्यक्रममा खर्च गरिने धनुसेले दावी गरे ।

बाल विकास समाजले सन् २०१६ सम्मका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी रु. एक करोड २५ लाख, सिविसले सन् १०१४ का लागि करिब रु पाँच लाख ७६ हजार, ७३ लाख ८२ हजार, जिल्ला बाल कल्याण समितिले रु पाँच लाख, प्रेरणाले रु. ५१ लाख ५८ हजारको कार्यक्रम तथा बजेट पेस गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us