अस्पताल ठप्प पर्ने चिकित्सक संघको चेतावनी

काठमाण्डु टुडे २०७० माघ ३ गते ११:३९ मा प्रकाशित

काठमाण्डु, ३ माघ – नेपाल चिकित्सक संघले आमरण अनसनमा बसेका शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा गोविन्द केसीको माग पुरा गर्न सरकारलाई आग्रह गरेको छ ।

संघले डा केसीको माग पुरा नगरे देश भरका अस्पताल बन्द गर्ने चेतावनी समेत दिएको छ । संघका अध्यक्ष डा अन्जनीकुमार झाले आफ्नो माग पुरा गर्न दबाबमूलक कार्यक्रम गर्ने भन्दै देशभरका चिकित्सकलाई काठमाण्डु आउन पनि आग्रह गरेको छ ।

संघले देशमा कति मेडिकलेज आवश्यक छ भनेर सरकारले नै स्वेत पत्र जारी गर्नुपर्ने बताए । उनले केसीका माग पुरा गरी अनसन तोड्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us