एमाओवादी बैठक : आफ्नो नेतृत्वमा चुनाव गराउन नसक्नु गल्ती भयो : भट्टराई

काठमाण्डु टुडे २०७० माघ ४ गते १:१६ मा प्रकाशित

UCPNM-CCMकाठमाण्डु, ४ माघ – एकीकृत माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा चुनावमा गराउन नसक्नु ठुलो गल्ती भएको बताएका छन् ।

काठमाण्डुमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता भट्टराईले आफ्नो नेतृत्वमा सरकार भएपनि त्यसले चुनाव गर्न नसक्नु कमजोरी भएको स्वीकार गरेका हुन् ।

उनले पार्टी भित्र गुटगत आधारमा आग्रह पूर्वाग्रह व्यवहार गर्न नहुनेमा भट्टराईले जोड दिए । उनले पार्टी भित्र २१ औं शताब्दीको जनवाद लागू हुनुपर्ने भन्दै नेतृत्व परिवर्तनसमेत हुन सक्नेतर्फ संकेत छन् । भट्टराईले सधैं भरी एउटै नेतृत्व हुन नहुने बताएको एक केन्द्रीय सदस्यले बताए ।

बैठकमा बोल्दै अर्की केन्द्रीय सदस्य उर्मिला अर्यालले पार्टीका हरेक तहमा विधि पद्धती स्थापित हुनुपर्ने बताएकी थिइन् । उनले पार्टी भित्र कतिपय गतिविधि पद्धती भन्दा बाहिर गएर हुने गरेको भन्दै विधि अनुसार अघि बढ्नुपर्ने बताएकी थिइन् । उनले तत्काल नेतृत्व परिवर्तन गर्न नहुनेमा जोड दिएकी थिइन् ।

शनिबारको बैठकमा भट्टराई, अर्याल, नवराज सुवेदी हेमराज भण्डारीलगायत नौ जनाले नेताले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए । माओवादी केन्द्रीय समितिको बैठक सोमबार फेरि बस्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us