ढिस्कोले पुरिएर दुईको मृत्यु

काठमाण्डु टुडे २०७० माघ ३ गते १०:१० मा प्रकाशित

अर्घाखाँची, ३ माघ– अर्घाखाँचीको नरपानी गाविस ६ राट्टारीमा शुक्रबार  माटोको ढिस्कोले पुरिएर दुई महिलाको ज्यान गएको छ । एक महिला घाइते भएकी छन् ।

नरपानी गाविसमा पर्ने राट्टारीमा घर पोत्ने रातोमाटो खन्ने क्रममा ठाडा गाविस ३ चाक्लाकी २२ वर्षीया जुना खनाल र ढिकुरा गाविस १  निवासी ४८ वर्षीया खिमा कुँवरको घटानास्थलमै ज्यान गएको हो ।

ठाडा गाविस ३ भेडामारेकी ३५ वर्षीया सीता बिक घाइते भएकी छिन् । उनलाई पुरिएको अवस्थामा स्थानीय बासिन्दाले उद्दार गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us