संविधान विपरीत पदत्याग गर्दिनँ : उपराष्ट्रपति

काठमाण्डु टुडे २०७० माघ ३ गते ९:५८ मा प्रकाशित

paramananda jhaकाठमाण्डु, ३ माघ – उपराष्ट्रपति परमान्द झाले नयाँ संविधान जारी नभएसम्म पद नत्याग्ने बताएका छन् ।

संविधानसभाको दोस्रो निर्वाचनबाट प्राप्त नयाँ जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपति फेर्नेबारे दलहरुबीच छलफल चलिरहेकोबेला झाको यस्तो भनाई सार्बजनिक भएको हो ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा उनले दलहरुले भन्दैमा संविधान विपरीत हुनेगरि पदत्याग नगर्ने बताए ।

नयाँ जनादेश भन्दै राष्ट्रपति र उपराष्ट्रपतिको राजीनामा माग्दै हिंड्नु असंवैधानिक भएको उनको भनाई छ ।

दलहरुले छिटो संविधान जारी गरे राष्ट्रपति र उपराष्ट्रपतिको पदावधी सोझै समाप्त हुने भन्दै उनले अहिले नै पद त्याग गरे अन्तरिम संविधान विपरित हुने जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us