मुस्ताङमा भारी हिमपात

काठमाण्डु टुडे २०७० माघ ३ गते ९:१२ मा प्रकाशित

humla-snowपोखरा, ३ माघ – मुस्ताङमा केही दिनदेखि भारी हिमपात भइरहेको छ ।

यस जिल्लाका डाँडाकाँडा, पाखापखेरा र खेतबारीमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ ।

जल तथा मौसम विज्ञान विभाग जोमसोम केन्द्रका प्रमुख सूर्य आचार्यका अनुसार बिहीबार त्यहाँको तापक्रम माइनस ४.६ डिग्री सेल्सियस पुगेको थियो ।

भारी हिमपात र जाडोले यहाँको जनजीवनलाई प्रभावित भएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us