सेरेना चौथो चरणमा

काठमाण्डु टुडे २०७० माघ ३ गते ३:४२ मा प्रकाशित

Serena-Williamsकाठमाण्डु, ३ माघ– सेरेना विलियम्स बर्षको पहिलो ग्रान्डस्लाम टेनिस अष्ट्रेलियन ओपनको चौथो चरणमा पुगेकी छन् । स्लोभाकियाकी डानीयल हान्तुचोभालाई शुक्रबार ६–३ र ६–३ ले हराउँदै शीर्ष बरियताकी अमेरिकन विलियम्स चौथो चरणमा पुगेकी हुन् ।

शुक्रबारै भएका अन्य खेलमा विजयी हुदै जर्मनीकी अङ्गेली कार्भर र इटलीकी फ्लाबिया पेनेटा पनि चौथो चरणमा स्थान बनाएका छन् । नवौं बरियताकी कार्भरले अमेरिकाकी ऐलिसा रिस्केलाई ६–३ र ६–४ ले हराइन् । २८ औं बरियताकी पेनेटाले मोना बार्थेरलाई ६–१ र ७–५ ले पाखा लगाइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us