विमानस्थल उद्धार केन्द्र बन्ने

काठमाण्डु टुडे २०७० माघ २ गते १३:१८ मा प्रकाशित

TIaकाठमाण्डु, २ माघ– भूकम्पको समयमा पनि विमानस्थल सञ्चालन गर्न मिल्ने गरी अमेरिकाको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूकम्प प्रतिरोधात्मक उद्धार केन्द्र निर्माण गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरे र नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोडीले सोह्रौं भूकम्प दिवसको अवसर पारेर केन्द्रको शिलान्यास गरे ।

दुर्घटना, उद्धार र अग्नि नियन्त्रण केन्द्रको शिलान्यासपछि सचिव घिमिरेले विमानस्थल सुरक्षा, आपत्कालीन उद्धार तथा पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै त्यसमा अमेरिकालगायत नेपालको विकासका अन्तर्राष्ट्रिय साझेदारले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिए ।

राजदूत बोडीले नेपालमा भूकम्प जोखिम व्यवस्थापनका लागि सरकारी र निजी क्षेत्रबीचको सहकार्य प्रवद्र्धनलाई जोड दिइँदै आएको र अमेरिकी सरकारअन्तर्गतका विभिन्न निकाय र विभागले नेपालमा प्राकृतिक जोखिम न्यूनीकरणका लागि सक्रिय रुपमा सहायता गर्दै आएको बताउए । केन्द्र निर्माणका लागि अमेरिकाले चार करोड ५२ लाख ७६ हजार प्रदान गरेको बताइएको छ  । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us