
काठमाण्डु, २ माघ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लब त्रिभुवन आर्मी क्लवसँग बराबरीमा रोकिएको छ ।
खेलको चौथो मिनेटमै उपहार गोलबाट आर्मीले अग्रता लियो । मनाङका खेलाडी स्टेफेनको आत्मघाती गोलसँगै आर्मीले अग्रता लियो ।
१–० ले पछि परेको अवस्थामा मनाङका लागि दिपक राईले गोल गरे र टोलीलाई संभावित हारबाट जोगाए ।
यो खेलसँगै ५ खेलबाट मनाङको १३ अंक भएको छ । बराबरीपछि पनि मनाङ शीर्ष स्थानमा नै कायम छ । यो बराबरीसँग आर्मी भने पाचौं स्थानमा उक्लिएको छ ।