विद्युतका स्टोरकिपर अख्तियारद्वारा पक्राउ

काठमाण्डु टुडे २०७० माघ २ गते १०:०२ मा प्रकाशित

CIAAविराटनगर, २ माघ– १ करोड ६० लाखभन्दा बढी मूल्य बराबरको विद्युतीय सामग्री अनियमितता गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका एक स्टोरकिपरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल इटहरी सम्पर्क कार्यालयले पक्राउ गरेको छ ।

इटहरी शाखाका स्टोरकिपर अर्जुन कटुवाललाई अनियमितताको आरोपमा नियन्त्रणमा लिइएको हो ।

स्टोरको सामान भिडाई हेर्दा १ एक करोड ६० लाख मूल्य बराबरको सामान र त्यसको हिसाबकिताबमा अनियमितता भएको देखिएपछि अख्तियारले उनलाई दुई दिन अगाडि पक्राउ गरेको हो ।

उता अख्तियारको क्षेत्रीय कार्यालयले उक्त स्टोरबाट हराएको सामानको अनुसन्धान भइरहेको बताएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us