देहव्यापार भैरहेको ठाउँमा मन्त्री पुगेपछि

काठमाण्डु टुडे २०७० माघ २ गते ६:३० मा प्रकाशित

काठमाण्डु, माघ–देश चलाउने मन्त्रीहरु नै देहव्यापार भैरहेको ठाउँमा पुगेपछि कस्तो होला ? कल्पना गर्नुस् त । पक्कै पनि यसलाई राम्रो मानिदैन यदी उ यौन प्यास मेटाउन गएको छ भने । तर, यौनधन्दालाई रोक्ने उद्देश्यले आफै सो क्षेत्रमा परिचालन भएको छ भने चाहिँ त्यसलाई सह्राना गर्नैपर्दछ ।

प्रसंग हो छिमेकी मुलुक भारतको । समाज सुधारको मुख्य उद्देश्य लिएको आम आदमी पार्टीको चर्चा यतिबेला निकै चुलिएको छ । भ्रष्टाचार विरोधी अभियानबाट दोस्रो ठूलो दल बनेर उदाएको आम आदमी पार्टीको सरकार बनेको छ दिल्लीमा । मुख्यमन्त्री छन् अरविन्द केजरीवाल । सरकारमा पुगेलगत्तै पानी र विजुलीमा छुट दिएर नागरिकहरुको समर्थन बटुलेको केजरीवाल नेतृत्वको सरकारले अब देहव्यापार नियन्त्रण र लागुऔषध कारोबार विरुद्ध कदम चालेको छ ।

केजरीवाल मन्त्रिमण्डलका दुईजना मन्त्री देहव्यापार र लागुऔषध कारोबार हुने मालवीय नगरमा छापा मार्न आफै पुगे । मन्त्रीहरु त्यहाँ पुग्दा स्थानीय प्रहरी नै यौनधन्दा र लागुऔषध कारोबारमा मस्त थिए । गलत कामलाई नियन्त्रणको लागि पहल गर्नुको साटो उल्टै प्रहरी नै त्यसमा संलग्न रहेको पाइयो ।

स्थानीय जनताले आफ्नो इलाकामा देहव्यापार, लागुऔषको कारोबार र आपराधिक काम हुने गरेकोले त्यसलाई नियन्त्रण गर्न माग गर्दै सरकारसँग माग गरेका थिए । स्थानीयको माग अनुसार नै मन्त्रीहरु बुधबार राति १२ बजे कानुन मन्त्री सोमनाथ भारती र महिला एवम् विकास मन्त्री राखी बिरला आ–आफ्नो जिम्मेवारी लिएर छापा मार्न निस्केका थिए ।

मन्त्रीहरुले गलत कामलाई किन प्रश्रय दिएको भनेर प्रश्न गरेपछि प्रहरीसँग चर्काचर्की पर्यो । खासगरी मन्त्री भारती र दिल्ली पुलिसका एसपीको बीचमा भनाभन भएको स्थानीय सन्चार माध्यमले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us