सार्क वाणिज्य मन्त्रीस्तरीय बैठक जारी

काठमाण्डु टुडे २०७० माघ २ गते ४:१० मा प्रकाशित

SAARC-LOGOकाठमाण्डु, २ माघ–दक्षिण एसियाली राष्ट्रहरुको संगठन (सार्क)मा आबद्ध मुलुकका वाणिज्य मन्त्रीहरुको पाँचौं बैठक विहीबारदेखि भारतको नयाँदिल्लीमा सुरु भएको छ । दुई दिनसम्म चल्ने सो बैठकमा व्यापारका माध्यमबाट सुदृढ अर्थतन्त्र निर्माण गरी यस क्षेत्रलाई सौविध्यशाली बनाउने भन्ने विषयमा छलफल हुने वाणिज्य मन्त्रालयले जनाएको छ ।

नेपालका तर्फबाट अर्थ तथा वाणिज्यमन्त्री शंकरप्रसाद कोइराला नेतृत्वको प्रतिनिधिमण्डल बैठकमा सहभागी छ । मन्त्री कोइरालाका साथ वाणिज्य तथा आपूर्ति सचिव माधवप्रसाद रेग्मी, सहसचिवहरु नवराज भण्डारी, वेगेन्द्र शर्मा पौडेल र तोयनारायण ज्ञवाली नयाँदिल्ली पुगेका छन् ।

बैठकमा नेपाल, भारत, अफगानिस्तान, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका वाणिज्य मन्त्रीहरु सहभागी छन् । बैठकमा उद्योगी व्यवसायीको छाता संगठनका प्रतिनिधिहरुले पनि भाग लिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us