दूधबाट तीन अर्बभन्दा बढी कमाई

काठमाण्डु टुडे २०७० माघ २ गते ३:१० मा प्रकाशित

milk_nepalमङ्गलवारे, २ माघ–इलाममा यो वर्ष दूध उत्पादनमा ४.५६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष एक लाख पाँच हजार ९७८ मेट्रिक टन दूध उत्पादन भएकामा यो वर्ष ४.५६ प्रतिशतले वृद्धि भई एक लाख १० हजार ८१७ मेट्रिक टन दूध उत्पादन भएको हो ।

दूध उत्पादनमा वृद्धि भई किसानको आर्थिकस्तर समेतमा वृद्धि भएको छ । यो वर्ष जिल्लाका किसानले करिब सवा तीन अर्ब रुपैयाँको दूध बिक्री गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

किसानले गाई र भैंसीको एक लाख १० हजार ८१७ मेट्रिक टन उत्पादन गरेका छन् । आर्थिक वर्ष २०६८/६९ एक लाख पाँच हजार ९५ मेट्रिक टन र आर्थिक वर्ष २०६७/६८ मा ९९ हजार ५१३ मेट्रिक टन दूध उत्पादन भएको थियो । उत्पादित दूध प्रतिलिटर औसतमा ३० रूपैयाँमा बिक्री भइरहेको इलाम दुग्ध उत्पादक सहकारी संस्थाका कर्मचारी अर्जुन सिवाकोटी बताउँछन् ।

बढी दूध उत्पादन हुनुमा गाईभैँसीमा गरिने कृत्रिम गर्भाधान प्रक्रिया मुख्य रहेको पशुसेवा कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us