नेपाल स्कटल्याण्डसँग ९० रनले पराजित (स्कोरकार्डसहित)

काठमाण्डु टुडे २०७० माघ २ गते २:२६ मा प्रकाशित
Nepal Vs Scotlandकाठमाण्डु, २ माघ – एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनौट चरण अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
न्युजिल्याण्डमा विहीबार भएको खेलमा नेपाल स्कटल्याण्डसँग ९० रनले पराजित भयो ।
नेपालका कुनै पनि ब्याट्सम्यानले सम्झनयोग्य प्रदर्शन गर्न सकेनन् ।
कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३४, सरद भेषावकरले ३०, पृथु बास्कोटले २१ र बसन्त रेग्मीले अभिजित २० रनको योगदान गरे ।
यसैगरी प्रदिप ऐरीले १५, विनोद भण्डारीले १२ र अनिल मण्डलले १० रन जोडे ।

जितेन्द्र मुखियाले ४ रन जोडेको पारीमा सागर पुन, शक्ति गौचन र सोमपाल कामी डक आउट भए । दोस्रो हारसँगै नेपाललको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कठिन बनेको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ७ विकेटको क्षतिमा २ सय ४९ रन बनाएको थियो ।
नेपालका लागि सोमपाल कामीले ३, सागर पुनले २ तथा शक्ति गौचन र वसन्त रेग्मीले १–१ विकेट लिए । न्युजिल्याण्डका फ्रेडी कोलम्यानले सर्वाधिक ६४ रन बनाए ।
नेपालले आफ्नो तेस्रो खेलमा आईतबार हङकङको सामना गर्ने छ ।

खेलको पूर्ण विवरणका लागि यहाँ क्लिक गर्नुहोस् ।
Final Scorecard
Final Scorecard

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us