मस्र्याङ्दीबाट २७ मेगावाट कम विद्युत उत्पादन

काठमाण्डु टुडे २०७० माघ १ गते ११:३७ मा प्रकाशित

दमौली, १ माघ । तनहुँको आँवुखैरेनी–६ स्थित मस्र्याङ्दी जलविद्युत आयोजनाले साविकको भन्दा २७ मेगावाट कम विद्युत उत्पादन गर्न थालेको छ । ६९ मेगावाट क्षमताको सो आयोजनाले ४२ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको हो ।

नदीमा पानीको बहाव घटेपछि विद्युत उत्पादनमा कमी आएको मस्र्याङ्दी जलविद्युत केन्द्रका प्रबन्धक त्रिपेश्वर पूर्वेले बताए ।

विद्युत गृहमा रहेका युनिट नं १, २ र ३ मध्ये आलोपालो मिलाएर दुई वटा युनिटमा मात्रै पानी सङ्कलन गरी विद्युत उत्पादन गर्दै आएको उनले जानकारी दिए ।

पिक आवरमा भने क्षमताअनुसार नै विद्युत आपूर्ति गरिरहेको सो केन्द्रले जनाएको छ । त्यहाँ उत्पादित विद्युत काठमाण्डुको बालाजु र भरतपुर सव स्टेशनमार्फत राष्ट्रिय लाइनमा प्रसारण हुँदै आएको छ ।

क्षमताभन्दा कम विद्युत उत्पादन भएपछि राष्ट्रिय विद्युतभार कटौतीमा ठूलै प्रभाव परेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us