ए डिभिजन लिगमा पुलिस र सशस्त्रको जित

काठमाण्डु टुडे २०७० माघ १ गते ११:२६ मा प्रकाशित

A-Division-Leagueकाठमाण्डु, १ माघ – राधाजनीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबारका खेलमा दुई विभागिय टिम नेपाल पुलिस र सशस्त्र प्रहरीको एपिएफ विजयी भएका छन् ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा एपिएफले रानी पोखरी कर्नर टिम आरसीटीलाई २–१ तथा दोस्रो खेलमा पुलिसले जावलाखेल युथ क्लवलाई ३–० ले पराजित गरेका हुन् ।
जितसँगै एपिएफले शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लवसँग अंक बराबरी गरेको छ । समान १२ अंक रहेपनि एक खेल कम खेलेको मनाङ गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ ।

यस्तै जितसँगै नेपाल पुलिस क्लव पनि अंक तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।

पुलिसले ५ खेलबाट १० अंक जोडेको छ भने, रेलिगेशन जोनभन्दा एक स्थान माथि रहेको जावलाखेलको जम्मा ४ अंक छ । बुधबारको खेलमा पुलिसलाई जिताउन गणेश खड्का, जुमानु राई र भोला सिलवालले गोल गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us