
काठमाण्डु, ३० पुस – जारी लिगमा खराब फर्मबाट गुज्रिरहेको थ्रीस्टार क्लव मंगलबारको खेलमा पनि बराबरीमा रोकिएको छ ।
मंगलबार हिमालयन शेर्पासँग थ्रीस्टार २–२ गोलको बराबरीमा रोकिएको हो ।
खेलको १६ औं मिनेटमा सेगुन अकिनाडेको गोलबाट हिमालयन शेर्पाले अग्रता लियो । एक शून्यले पछि रहेको अवस्थामा पहिलो हाफको इन्जुरी समयमा कप्तान सन्तोष साहुखलले गोल गर्दै थ्रीस्टारलाई १–१ को अवस्थामा पुर्याए ।
तर खेलको ५० औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै शेर्पालाई २–१ को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि नै थ्रीस्टारका लागि सविन्द्र श्रेष्ठले गोल गर्दै खेल बराबरीमा पु¥याए ।
त्यसपछि खेलमा कुनै गोल हुन सकेन र थ्रीस्टार बराबरीमै रोकिन पुग्यो ।