
गौशाला, २९ पुस – एयर गनसहित पक्राउ गरेका दुई जनालाई प्रमुख जिल्ला अधिकारीले धरौटीमा रिहा गरेका छन् ।
यसरी रिहा हुनेमा जिल्लाको हलखोरी गाविस–१ बस्ने कमर रजा र धीरापुर–१ बस्ने जलामुद्दिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
हातहतियार मुद्दाअन्तर्गत दुवै जनालाई महोत्तरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले सोमबार ६० हजार प्रतिव्यक्ति धरौटीमा रिहा गरेका हुन ।
धरौटीमा रिहा भएका दुवै जना पुस ११ गते मटिहानी–९ बाट एकथान एयर गनसहित पक्राउ परेका थिए ।