मल्लको परिवारलाई युएईबाट सहयोग

काठमाण्डु टुडे २०७० पुष २९ गते ५:२६ मा प्रकाशित

अबुधाबी–रोजगारीको सिलसिलामा युएईमा निधन भएका गोरखाको गाईखुर निवासी सन्तोष मल्लको परिवारलाई गोरखा सेवा समाज युएईको आबुधाबी क्षेत्रीय समितिले आर्थिक सहयोग गरेको छ ।

युएई ५ सय ४५ दिह्राम गोरखा सेवा समाज युएई आबुधाबि क्षेत्रीय समितिका नवनिर्वाचित अध्यक्ष लिलाजंग रोकाले स्वर्गीय मल्लका भाई आनन्दलाई हस्तान्तरण गरेका हुन् । गत शुक्रबार गोरखा सेवा समाज युएई क्षेत्रीय समिति आबुधाबिको अधिवेशनमा उपस्थित सम्पूर्ण गोरखालीहरुबाट रकम संकलन गरिएको थियो ।

३२ महिनादेखि आबुधाबिमा ट्याक्सी चालकमा कार्यरत मल्लको आबुधाबीस्थित खालिफा अस्पतालमा रक्तक्यान्सरको उपचार गर्दागर्दै१७ डिसेम्बर २०१३ मा निधन भएको थियो ।

स्वर्गीय मल्लका बुवा, आमा, एक भाई र दुई बहिनीहरु रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us