पाकिस्तान : नेतासहित ८ जनाको हत्या

काठमाण्डु टुडे २०७० पुष २९ गते १:४७ मा प्रकाशित

mian_mushtaqकाठमाण्डु, २९ पुस–पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा भएको आक्रमणमा अवामी नेशनल पार्टीका बरिष्ठ सदस्यसहित ८ जनाको मृत्यु भएको छ ।

पेशावर क्षेत्रको नजिक माशुखेल भन्ने स्थानमा विद्रोहीहरुले गरेको हमलामा अवामी नेशनल पार्टीका पूर्व प्रान्तीय अध्यक्ष मियाँ मुश्ताकसहित अरु दुई नेताको मृत्यु भएको छ ।

विद्रोहीहरुको आक्रमणमा हालसम्म अवामी नेशनल पार्टीका ५९ जना कार्यकर्ताको मृत्यु भैसकेको छ । पाकिस्तानको खैबर पख्तुनख्वाह विद्रोहीहरुको प्रभाव क्षेत्र हो ।

यसैगरी शाङ्गलास्थित प्रधानमन्त्रीको सल्लाहकारको निवास नजिक भएको अर्को आक्रमणमा ६ जना मारिएका छन् । सो आक्रमणमा प्रधानमन्त्रीका सल्लाहकार अमिर मकाम मुस्कीलले बाँच्न सफल भएका छन् ।

उनले सन्चारकर्मीसँग कुरा गर्दै आक्रमणसँग नडराउने बरु डटेर सामना गर्ने बताएका छन् । त्यहाँ यसअघि पाँचपटक आक्रमण भैसकेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us