आगलागीमा एक बृद्धको मृत्यु

काठमाण्डु टुडे २०७० पुष २८ गते ३:५५ मा प्रकाशित

म्याग्दी, २८ पुस–म्याग्दी सदरमुकामसँगै जोडिएको ज्यामरुकोट गाविस–८ हाँडेभिरस्थित एक अस्थायी छाप्रोमा आइतबार विहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । म्याग्दी नदीको किनारमा लघुउद्यम भवननजिकै विगत करिब १२ वर्षदेखि छाप्रोमा बस्दै आएका मराङ–७ घर भएका ६५ वर्षीय थमबहादुर जुग्जालीको मृत्यु भएको हो ।

राति सुतेको समयमा अगेनामा रहेको आगो दाउरा र टायरमा सल्किएर विहान २ बजे भएको आगलागीमा परी जुग्जालीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बेलबासेले जानकारी दिए । मृतक जुग्जालीले मजदुरी गरी जीविकोपार्जन गर्दै आएका थिए ।

आगलागी हुँदासाथ घटनास्थलमा पुगेका प्रहरीले समयमै आगो नियन्त्रणमा लिएकाले घटनास्थलनजिकै रहेका अन्य छाप्रा आगलागी हुनबाट जोगिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us