अमेरिकामा लेखनाथ जयन्ती

काठमाण्डु टुडे २०७० पुष २८ गते २:२६ मा प्रकाशित

INLSक्यालिफोर्निया, २८ पुस–अन्तराष्ट्रिय नेपाली साहित्य समाज लसएन्जलस इकाइको आयोजनामा अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जेलसमा कवि शिरोमणि लेखनाथ पौड्यालको १३० औं जन्मजयन्ती भब्य र सफलता पूर्वक सम्पन्न भएको छ । इकाइका उपाध्यक्ष डन बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि लेखनाथको तस्विरमा माल्यार्पण गरि बिभिन्न कवि तथा कवियत्रीहरुले कवि पौड्यालकै र आ–आफ्ना रचना वाचन गरेका थिए ।

कविहरु संस्थाका उपाध्यक्ष कार्की, महासचिव तिलक कार्की, सदस्य प्रकाश चन्द्र घिमिरे, सल्लाहकार राम लामा, झमक निरौला, रामजी गौतम, सुनिल पोखरेल र कवियत्रीहरु तुलसा कार्की तथा सारदा श्रेष्ठले मिठा कविता वाचन गरेर कार्यक्रममा रौनक ल्याएका थिए । बौदिक संसारका संयोजक बल राम थापाले कार्यक्रम सन्चालन गरेका थिए ।

त्यसैगरी बिष्णु पौड्यालले कवि शिरोमणिको बारेमा प्रकाश पारेका थिए । समूदाय मासिकका युवराज खनाल, कृष्ण् कोइराला, देवी प्रसाद बास्कोटा लगाएत नेपाली साहित्यप्रेमीहरुको बाक्लो जमघट रहेको कार्यक्रम सम्पन्न गर्न स्थान र मिष्ठान भोजनको प्रवन्ध संस्थाका सल्लाहकार राम लामाले गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us