‘गणितीय हिसाबले संविधान आए मान्दैनौं’

काठमाण्डु टुडे २०७० पुष २७ गते १४:०८ मा प्रकाशित

Former Madheshi minister Thakur talks in Kathmanduपर्सा, २७ पुस– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले गणितीय  हिसाबमा मधेसको मुद्दालाई बहुमतले समाप्त पार्ने प्रयास गरिए आफ्नो पार्टी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

संविधानसभामा रहेका दलहरूले बहुमत र अल्पमतको आधारमा मधेसको मुद्दालाई ओझेलमा पारी मधेसीलाई अधिकार नदिए आफूहरुसँग आन्दोलन गर्नुको विकल्पन नहुने उनले बताए ।

पर्सामा कार्यकर्ता घेटघाट कार्यक्रममा ठाकुरले मधेसीको समस्यालाई राज्यले समस्याको रुपमा नबुझेको कारण समस्या समाधान हुन नसकेको दावी गरे ।

नेपालमा विभेद रहेसम्म शान्ति हुन नसक्ने भन्दै ठाकुरले मधेसी, पहाडी, दलित, मुसलमान, आदिवासी जनजातिलाई विभेदरहित रुपमा राज्यले व्यवहार गरेमा मात्र विद्यमान द्वन्द्व समाप्त बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us