संविधानसभाको पहिलो बैठक माघ ८ गते

काठमाण्डु टुडे २०७० पुष २७ गते १४:०२ मा प्रकाशित

New Banesworeकाठमाण्डु, २७ पुस – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आगामी माघ ८ गते बुधबारका लागि संविधानसभाको बैठक आह्वान गरेका छन् ।

अध्यक्ष रेग्मीको निजी सचिवालयले निकालेको विज्ञप्ति अनुसार माघ ८ गते बुधबार दिउँसो ३ वजे वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक आह्वान गरेको जनाइएको छ ।

अन्तरिम संविधानको धारा ६९ को उपधारा १ मा निर्वाचन परिणाम सार्वजनिक भएको २१ दिनभित्र संविधानसभाको बैठक बोलाउनुपर्ने भएकाले सोही बमोजिम बैठक बोलाइएको विज्ञप्तीमा जनाइएको छ ।

यसअघस संविधानसभाको पहिलो बैठक राष्ट्रप्रमुख वा सरकार प्रमुख कसले बोलाउने भन्ने विषयमा विवाद हुँदा संविधानसभको पहिलो बैठकको मिति अनिश्चि बनेको थियो ।

राष्ट्रप्रमुख र सरकार प्रमुखले बैठक बोलाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट समेत परेको छ । उक्त दुवै रिटको अन्तिम फैसला सर्वोच्च अदालतले आउँदो सोमबार गर्दैछ ।

मन्त्रिपरिषद अध्यक्ष रेग्मीले संविधानसभाको पहिलो बैठकको मिति तोक्नु अघि शनिबारै योही विषयमा राष्ट्रपति रामवरण यादव र मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीबीच भेटवार्ता समेत भएको थियो ।

भेटमा राष्ट्रपति यादवले अध्यक्ष रेग्मीलाई संविधानमा व्यवस्था भए बमोजिम बैठक आह्वानका लागि ध्यानाकर्षण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अन्तरिम संविधानको धारा ६९ मा निर्वाचन आयोगले चुनावको अन्तिम नतिजा सार्वजनिक गरेको २१ दिन भित्र प्रधानमन्त्रीले संविधानसभाको पहिलो बैठक गर्ने व्यवस्था उल्लेख गरिएको छ ।

संविधानसभाको पहिलो बैठक कसले आव्हान गर्ने भन्ने विषयमा दलहरुसमेत दुई भागमा विभाजित भएका थिए । संविधानसभाको ठुलो दल कांग्रेस राष्ट्रपतिले बैठक आह्वान गर्ने पक्षमा थियो भने दोस्रो ठुलो दल एमालेले मन्त्रिपरिषद अध्यक्षले बैठक बोलाउनुपर्ने बताउँदै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us