हिमपातले मध्य तथा सुदूपश्चिमको जनजीवन प्रभावित

काठमाण्डु टुडे २०७० पुष २७ गते १२:४१ मा प्रकाशित

humla-snowकालीकोट, २७ पुस– लगातारको वर्षासँगै परेको हिमपातका कारण मध्य तथा सुदूपश्चिमको जनजीवन प्रभावित बनेको छ ।

त्यस क्षेत्रका कालीकोट, जाजरकोट, डडेलधुरा, डोटी, हुम्लालगायतका पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको हो । वर्षासँगै परेको हिमपातले त्यस क्षेत्रको माथिल्लो उच्च हिमाली क्षेत्रका गाविसका स्थानीयवासीको जनजीवन कष्टकर भएको छ ।

उच्च हिमाली गाविसमा हिउँ परेपछि स्थानीयवासीको काममा समेत कठिनाइ भएको बताइएको छ । कालीकोटको फोइमहादेव, रांचुली, जुविथा, ओदानकु, धौलागोह, रुप्सा, मुम्रा, मेहलमुडी, खिनलगायतका गाविसमा हिमपात भएको छ ।

हिउँ परेपछि घरबाट बाहिर आउन र काम गर्न कठिनाइ भएको स्थानीयवासीले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us