डा गोविन्द केसी फेरि आमरण अनसनमा

काठमाण्डु टुडे २०७० पुष २७ गते १२:५५ मा प्रकाशित

Govinda kcचिकित्साशास्त्र अध्ययन संस्थानमा नियमविपरीत नयाँ डिन नियुक्ति भएको भन्दै प्राडा गोविन्द केसीले आमरण अनसन सुरु गरेका छन् ।

केसीको अनसनको विरोधमा एक समूहले अवरोध सिर्जना गर्न खोजेपनि अन्तत: उनल अनसन सुरु गरेका छन् ।

केसी अनसन सुरु गर्नुअघि खाना खान पसेका बेला उक्त समूहले अस्पतालको गेटमा पुगेर उनी विरुद्ध नाराबाजी गरेको थियो ।

त्रिवि कार्यकारी परिषद्ले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा नियमविपरीत डा. शशि शर्मालाई नियुक्ति गरेको भन्दै केसीले अनसन सुरु गरेका हुन् ।

मेडिकल कलेजलाई गैरकानुनी सम्बन्धन दिन अस्वीकार गर्दै डिन प्रकाश सायमीले राजीनामा दिएपछि त्रिवि कार्यकारी परिषद्ले शर्मालाई नियुक्त गरेको हो ।

केसीले गत भदौमा ४ दिन र असोजमा दुई पटक आमरण अनसन बसेकै कारण सरकारले स्वच्छ छवि भएका र वरिष्ठताका आधारमा डा. प्रकाश सायमीलाई डिन नियुक्त गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us