एक वर्षभित्र संविधान जारी हुन सक्दैन : माधव नेपाल

काठमाण्डु टुडे २०७० पुष २७ गते ९:५१ मा प्रकाशित

madhab-nepalकाठमाण्डु, २७ पुस– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक वर्षभित्रै संविधान जारी गर्न ठूलो चुनौती रहेको बताएका छन् ।

समानुपातिक उम्मेदवार चयनमा भएको ढिलाइ र संविधानसभा बैठक कसले बोलाउने भन्ने विवादका कारण समय खेर गइरहेको भन्दै नेपालले एक वर्षभित्र संविधान निर्माण गर्नु चुनौतिपूर्ण भएको बताए ।

‘कहिले समानुपातिक, कहिले संविधानसभाको बैठक कसले बोलाउने भन्ने जस्ता विवादले समय खेर गइरहेको छ ।’ नेपालले भने, ‘भोलि राष्ट्रपतिको निर्वाचन, सरकार गठन र शक्ति बाँडफाँटमा पनि विवाद हुनेछ, ।’

उनले सबैलाई समेट्ने नाममा महिनौं समय गुजार्न नहुने समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us