सरकारमा जान तयार छौं : गजुरेल

काठमाण्डु टुडे २०७० पुष २७ गते ९:४३ मा प्रकाशित

haribol gajurelकाठमाण्डु, २७ पुस – एकीकृत माओवादीका नेता हरिबोल गजुरेलले संविधान निर्माणमा सहयोग गर्न सरकारमै जानुपर्ने अवस्था आए आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताएका छन् ।

एकीकृत माओवादी सरकारमा जाने पक्षमा नभएपनि संविधान निर्माणको कामलाई सहज बनाउनका लागि भएपनि सरकारमा जान तयार रहेको बताए । ‘हाम्रो पार्टी सरकारमा जाने पक्षमा छैन,’ गजुरेलले भने, ‘एक वर्षभित्रमा संविधान जारी हुन्छ भने हामी सरकारमा जान तयार छौं ।’

रिपोटर्स क्लबले गरेको कार्यक्रममा गजुरेलले कांग्रेस सभापति कोइराला इमान्दार, त्यागी र निश्कलंक व्यक्ती भएकाले उनकै नेतृत्वमा सरकार बनाउनुपर्ने बताए ।

कोइरालाले सबैलाई मिलाएर सहमतिको वातावरण बनाउन सक्ने गजुरेलको दावी छ । कांग्रेसबाट कसलाई प्रधानमन्त्री बनाउने अधिकार उसकै भएको उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले पार्टी सभापति सुशील कोइराला नै पार्टीको तर्फबाट प्रधानमन्त्रीको उमेदवार भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us