अवैध रुपमा भित्र्याइएका मोटरसाइकल बरामद

काठमाण्डु टुडे २०७० पुष २७ गते ८:०२ मा प्रकाशित

भद्रपुर, २७ पुस – भारतबाट अवैध रुपमा भित्र्याइएका दुई वटा मोटरसाइकल बरामद गरेको छ ।

झापाको अनारमणि–३ मा बेवारिसे अवस्थामा दुई वटा मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

बरामद भएका दुईवटै मोटरसाइकललाई आवश्यक कारबाहीका लागि काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा बुझाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us