हुम्लामा बिहानैदेखि भारी हिमपात

काठमाण्डु टुडे २०७० पुष २७ गते ६:२३ मा प्रकाशित

हुम्ला, २७ पुस – सदरमुकाम सिमीकोटमा शनिबार बिहानैदेखि हिमपात भइरहेको छ ।

हिमपातका कारण त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ भने, हवाई सेवासमेत प्रभावित भएको छ । नेपालगन्ज र सुर्खेतबाट हुम्ला जाने विमानहरु उड्न सकेका छैनन् । जिल्लाको उत्तरी भेगमा पर्ने लिमी र मुचु गाविसका बासिन्दालाई सदरमुकाम आउन कठिनाइ भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us