प्रचण्ड र बाबुरामबीच मतभेद नरहेको दाबी

काठमाण्डु टुडे २०७० पुष २७ गते ५:४४ मा प्रकाशित

agni sapkotaकाठमाण्डु, २७ पुस – एकीकृत नेकपा माओवादीले आफूहरु प्रतिपक्षमा बस्ने प्रस्ट पारेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार आयोजित नियमित पत्रकार भेटघाटमा एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले काँग्रेस–एमालेले मिलेर सरकार बनाउन् भन्ने आफूहरुको चाहना भएको छ ।

सरकारमा जाने/नजाने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईबीच मतभेद रहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको सापकोटालको भनाई छ ।

‘अध्यक्ष प्रचण्डले काँग्रेस सभापति सुशिल कोइरालालाई फोन गरेर छिटो सरकार बनाउन आग्रह गरिसक्नु भएको छ,’ सापकोटाले भने, ‘सरकारमा नजाने विषयमा पार्टीमा एक मत छ ।’

मिलेर सरकार निर्माण गर्न काँग्रेस–एमालेलाई आग्रह गर्दै उनले आफूहरु प्रतिपक्षमा बसेर संविधान निर्माणमा सघाउने प्रष्ट पारे । संविधानसभाको बैठक आह्वान भइरहेको ढिलाईले काँग्रेस एमाले पुनः पूरानै संसदीय खेलमा फर्कन खोजेको झल्को दिने सापकोटाको भनाई छ ।
साथै सापकोटाले अब बस्ने केन्द्रीय समिति बैठकले पार्टीको भावी रणनीति तय गर्ने जानकारी दिए । जनतको निगरानीबाट पार्टी अघि बढ्ने उनको भनाई ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us