आज पृथ्वीनारायण शाहको जन्मजयन्ति

काठमाण्डु टुडे २०७० पुष २७ गते २:०४ मा प्रकाशित

prithibinarayan-shahकाठमाण्डु, २७ पुस – टुक्रा–टुक्रामा विभाजित मुलुकलाई सिंगो नेपाल बनाउने पृथ्वीनारायण शाहको जन्मजयन्ति विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

सरकारीस्तरमा कुनै औपचारिक कार्यक्रम नभएपनि जनस्तरबाट विभिन्न कार्यक्रम गरेर उनलाई सम्झँदैछन् ।

देशलाई एकीकरण गर्ने पृथ्वीनारायणको योगदानको कदर गर्दै पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइने गरेको भएपनि शाहबंशको साशन अन्त्य यो क्रम रोकिएको थियो ।

त्यसअघि सार्वजनिक विदासमेत दिइने गरेकोमा २०६२/०६३ को आन्दोलनपछि कटौति गरिएको थियो । अहिलेपनि कतिपयले पुस २७ लाई  राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु पर्ने माग गर्ने गरेका छन् ।

गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा टुक्रा– टुक्रामा विभाजित राज्यहरुलाई एक बनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us