
काठमाण्डु, २४ पुस- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
थ्रीस्टारका लागि सन्तोष साहुखलले खेलको ६३ औं मिनेटमा खाता खोले । त्यसको ५ मिनेटपछि नै थ्रीस्टारले अग्रता दोब्बर पार्यो ।
खेलको ६८ औँ मिनेटमा प्रकाश बुढाथोकीले गरेको प्रहार एपीएफका गोलरक्षकले रोकेपछि रिबाउन्ड बललाई जिकाही डोडोजले गोल गर्दै थ्रीस्टारलार्इ २-० शून्यको अग्रता दिलाए ।
एपिएफका लागि खेलको ७६ औँ मिनेटमा एपीएफका सचिन्द्र धिमालले गोल सान्त्वना गोल फर्काए । जितसँगै थ्रीस्टार ३ खेलवाट ६ अंक भएको छ ।