राष्ट्रिय एकता दिवसमा बिदा माग

काठमाण्डु टुडे २०७० पुष २३ गते १३:३४ मा प्रकाशित

काठमाण्डु, २३ पुस – विभिन्न राज्यहरुमा विभक्त नेपाललाई एकीकृत गर्ने तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्नेमा विभिन्न वक्ताहरुले जोड दिएका छन् ।

राजधानीमा आयोजित अन्तरक्रियामा साहित्यकार तारानाथ शर्मा, कानुनविद् देवेन्द्रलाल नेपाली, सीमाविद् बुद्धीनारायण श्रेष्ठलगायतले पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरिएको भए हामी कोही पनि नेपाली हुन नसक्ने बताए ।

दुईसय ९२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा इतिहासविद् डा रमेश ढुंगेलले पुस २७ को दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइनुपर्ने र सो दिन सार्वजनिक बिदा दिनुपर्ने र उहाँको तस्विर अङ्कित नोट प्रकाशन गर्नुपर्ने सुझाव दिए ।

समारोह समितिका अध्यक्ष रामबाबु प्रसाईंले राष्ट्र निर्माता शाहको विभिन्न ठाउँमा राखिएका सालिक ढालिएकाले पुनःस्थापना हुनुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us