ए डिभिजन लिगमा पुलिस र फ्रेण्डस विजयी

काठमाण्डु टुडे २०७० पुष २३ गते १२:५० मा प्रकाशित

A-Division-Leagueकाठमाण्डु, २३ पुस – राजधानीमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारका खेलमा नेपाल पुलिस क्लव र फ्रेण्ड्स क्लव विजयी भएका छन् । पुलिसले मच्छिन्द्रलाई १–० तथा फ्रेण्ड्सले आरसीटीलाई ३–० ले हराएका हुन् ।

दशरथ रंगशालामा मंगलबार भएको पहिलो खेलमा फ्रेण्डसलाई जिताउन पिटर सेगुनले ३७ औं, सुसन लामाले ५६ औं र भिक्टरले ८९ औं मिनेटमा गोल गरे ।

यो फ्रेण्ड्सको पहिलो जित हो । यसअघिका दुई खेलमध्ये एउटामा हार र एउटामा बराबरीको नतिजा निकालेको फ्रेण्डसले ४ अंक जोडेको छ । आरसिटीको पनि समान ४ अंक छ ।

यस्तै दोस्रो खेलमा पुलिसका भोला सिलवालले ५४ औं मिनेटमा गोल गर्दै टिमलाई दोस्रो जित दिलाएका हुन् । दुई खेलमा जित र एकमा पराजय ब्योहोरेको पुलिसको ६ अंक भएको छ भने, एक जित, एक बराबरी र एक हारसहित मच्छिन्द्रको ४ अंक भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us