
काठमाण्डु, २३ पुस- चितवनमा लागू औषधको कारोबारमा संलग्न एक प्रहरी जवान सहित आठ जना पक्राउ परेका छन् ।
धनुषाको इटरुवा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान दिवाकर राई सहित आठ जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । प्रहरी जवान राईलाई पुस २० गते भरतपुरको क्याम्पाचौरबाट पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख प्रद्युम्न कार्कीले बताए ।
घर विदामा आएका बेला प्रहरी जवान राई लागू औषधको कारोबारमा संलग्न भएको प्रहरीले जनाएको छ ।
तनहुँका आशिष कायस्थ, चितवन भरतपुरका विनोद गुरुङ, जेरेन चौधरी, जगतपुरका सन्दीप गुरुङ, मेघौलीका विजय महतो, भरतपुरका मैच्याङ लामा र अमरदीप आलेलाई पक्राउ गरेको कार्कीले बताए ।
उनीहरुको साथबाट एम्पुल डाईजोपाम, ब्रुफिन, फेनारगन लगायतका लागू औषध बरामद गरेको कार्कीले जानकारी दिए ।