
संविधानसभा चुनाव सफलतापूर्वक सम्पन्न भएको खुसीयालीमा राष्ट्रपति डा. रामवरण यादवले मंगलबार चियापान कार्यक्रमको आयोजना गरे ।
शीतल निवासमा भएको चियापानमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सहित संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दलका शीर्ष नेता, कुटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता थियो ।
चियापानका अवसरमा देखिएका केही दृष्यहरु :