
जनकपुरधाम, २३ पुस– जनकपुर नगरपालिका वडा नं १५ कुवा रामपुरमा ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ ।
ज १ त ४७५५ नम्बरको ट्याक्टरमा माटो ढुवानी गरिरहेको अवस्थामा ट्याक्टरको टेलर पल्टिँदा १४ वर्षीय शशिलाल दासको माटोले पुरिएर मृत्यु भएको हो ।
सोही दुर्घटनामा परी अरु दुई विद्यार्थी पनि घाइते भएका छन् । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस