
दाङ, २३ पुस– गोर्खा सामुदायिक अस्पताल घोराहीमा एक महिलाको पाठेघरबाट आठ किलोको ट्युमर निकालिएको छ ।
रोल्पा–१ डुब्रिङकी सुन्तली पुनको पाठेघरको ओभरीमा रहेको ट्युमर शल्यक्रिया गरेर फालिएको अस्पतालले जनाएको छ ।
राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा कार्यरत सर्जन डा जनार्दन पन्थीको नेतृत्वको नौ जना चिकित्सकको टोलीले शल्यक्रिया गरेको हो ।
राप्ती क्षेत्रमा यति ठूलो परिमाणको ट्युमर सफलतापूर्वक निकालिएको यो पहिलो घटना हो । रासस