स्वाइन फ्लूका कारण योजना आयोगका सहसचिवको मृत्यु

काठमाण्डु टुडे २०७० पुष २३ गते ११:०३ मा प्रकाशित

काठमाण्डु, २३ पुस – राष्ट्रिय योजना आयोगका सह–सचिव भवकृष्ण भट्टराईको स्वाइन फ्लूका कारण मृत्यु भएको छ ।

अमेरिका भ्रमणका क्रममा विरामी परेका भट्टराईको नर्भिक अस्पताल काठमाण्डुमा उपचारका क्रममा मृत्यु भएको हो। स्वास्थमा थप समस्या आएपछि अमेरिकाबाट फर्किए लगतै उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

नेपालमा अस्पतालमा पुष्टि भएर स्वाईन फ्लूका कारण ज्यान गुमाउने भट्टराई पहिलो व्यक्ति भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

स्वाइन फ्लू सरुवा रोग हो । यो रोग लाग्दा सामान्य रुघाखोकी, कडा ज्वरो, हातखुट्टा, कम्मर दुख्ने र थकान महशुस हुने लगायतका लक्षण देखापर्ने चिकित्सकहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us