
धनकुटा, २२ पुस–धनकुटा जिल्लाबाट सञ्चालनमा आएको काबेली विकास बैंकले यस आर्थिक वर्षमा ८६.०३ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भएको छ । धनकुटामै केन्द्रीय कार्यालय रहेको बैंकले बितेको आर्थिक वर्षमा ५३ लाख २६ हजार ९५५ रुपैयाँ खुद नाफा गर्न सफल भएको हो ।
बंैकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा २४ लाख ६३ हजार ३९३ रुपैयाँले वृद्धि भएको हो । बैंकले आफ्नो छैटौँ वार्षिक साधारणसभाका क्रममा उक्त जानकारी गराएको हो ।
बैंकको कुल मौज्दात ४४ करोड ६५ लाख ९० हजार छ भने कर्जा लगानी रकम २४ करोड ९६ लाख ९५ हजार पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र वादे श्रेष्ठले जानकारी दिए ।
बैंकको साधारणसभाको अवसरमा काबेली विकास बैंक सञ्चालक समितिका अध्यक्ष गोपालप्रसाद काफ्लेले बैंकले निकट भविष्यमा नै स्तरोन्नति गर्दै एटिएम, एसएमएस सेवा र ई बैङ्किङ सुविधाहरु सञ्चालनमा ल्याइने बताए । छ वर्षअघि धनकुटामा स्थापना गरिएको सो बैंकले जिल्लाको राजारानी, बुधबारे, हिले र सिदुवामा गरी चार ठाउँमा साखा खोलेर सेवा दिइरहेको छ ।