
काठमाण्डु, २१ पुस– सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा डिफेन्डिङ च्याम्पिएन थ्रीस्टार क्लबलाई जाउलाखेल युथ क्लवले हराएको छ ।
खेलमा जाउलाखेल २–० गोल अन्तरले विजयी भयो ।
ललितपुर डर्बीको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा जाउलाखेलले २ गोल गर्यो ।
जाउलाखेलका लागि सुवास गुरुङ र राम थापाले गोल गरे ।