दुःख कष्टबाट बँच्न कस्तो पलङमा सुत्ने ?

काठमाण्डु टुडे २०७० पुष २१ गते ४:४१ मा प्रकाशित

Couple sleeping and hugging on the bed in bedroomजीवन दुःख कष्ट बिभिन्न कारणले आइलाग्छ । लाख प्रयास गरे पनि तपाईलाई असफलता मात्र हात परिरहेको हुन्छ । पति र पत्नीबीच पनि तनाव भैरहेको हुन्छ । यसका बिभिन्न कारण हुनसक्छन् । तर, ज्योतिष शास्त्रका अनुसार यसो हुनुको कारण हो, तपाईंको जन्मकुण्डलीमा परेको ग्रहको स्थिति ।

ज्योतिष शास्त्रका अनुसार शनिको समान राहु केतुको पनि अशुभ फल हुन्छ । जसको कुण्डलीमा केतुको स्थिति ठीक हुदैन वा जो कालसर्प योगको दोषबाट पीडित छ, उसलाई कैयौं प्रकारका समस्या आइपर्छ ।

कसरी बँच्ने ?

केतुको अशुभ प्रभावबाट बँच्न कहिले पनि आफ्नै पैसाले किनेको पलङ्गमा सुत्न नहुने ज्योतिषशास्त्रमा उल्लेख छ । अर्थात् केतुको अशुभ प्रभावलाई हटाउन ससुरालीले दिएको पलङ्गमा श्रीमान–श्रीमती सुत्नुपर्छ । यदी आफ्नै पैसाबाट पलङ्ग किन्न चाहनुहुन्छ भने कलिकति भए पनि ससुरालीले दिएको पैसा आफूसँग भएको पैसामा मिसाएर खरिद गर्नुस् ।

अन्य उपाय पनि छन्

कालो–सेतो कुकुर केतुको प्रतिनिधि हो । जसको कुण्डलीमा केतु प्रतिकूल छ, उसले आफ्नो घरमा कालो–सेतो कुकुर पाल्नु पर्छ । यदि यस्तो कुकुर पाल्न सकिदैन भने अरु कुनै कुकुरलाई बेसनको लड्डु बनाएर खुवाउनु पर्छ । यसो गर्दा केतुको नराम्रो प्रभावबाट बँच्न सकिन्छ ।

कालो–सेतो कम्बल कसैलाई दान गरेमा पनि अशुभ प्रभाव समाप्त हुने ज्योतिषशास्त्रमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us