पार्टी फुट्दैन : अग्नी सापकोटा

काठमाण्डु टुडे २०७० पुष २० गते १३:१८ मा प्रकाशित

agni sapkotaकाठमाण्डु, २० पुस– एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आफ्नो पार्टी नफुट्ने दावी गरेका छन् ।

पार्टीमा लामो अनुभव भएका नेताहरु रहेको भन्दै सापकोटाले त्यस्ता नेताले गल्ती नगर्ने दाबी गरे ।

सापकोटाले समानुपातिक सभासद् चयनका कारण पार्टीमा देखिएको विवाद केन्द्रीय समितिको बैठकले हल गर्ने बताए ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नियमित पत्रकार सम्मेलनमा सापकोटाले मुख्य कुरा राजनीतिक विचार भएको भन्दै विचार निर्माणका क्रममा विवाद हुनुलाई अन्यथा रुपमा लिनु नहुने बताए ।

उनले सबै पार्टीमा यस्तो विवाद रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us