
काठमाण्डु, २० पुस – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले पहिलो हार बेहोरेको छ ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा पुलिस आरसिटीसँग २–० ले पराजित भयो ।
पुलिसलाई हराउन आरसिटीका सुमन लामाले र भीम दर्लामीले गोल गरे । जितसँगै आरसीटीले लिगमा एक अंक बटुलेको छ । एन्फाको कारबाहीमा ३ अंक जरिवाना सहित लिग खेल्न सुरु गरेको आरसीटीले पहिलो खेलमा बराबरी खेलेर एक अंक बटुलेको थियो ।
अघिल्लो खेलमा हिमालयन शेर्पा क्लबलाई जितेको पुलिस भने आजको हारपछि पनि ३ अंकका साथ पाँचौ स्थानमा छ ।
हारसँगै पुलिसले महत्वपूर्ण ३ अंक गुमाएको छ । आजै भएको पहिलो खेलमा मच्छिन्द्र क्लबले सरस्वती क्लबलाई २-० ले नै हरायो ।