सहकारीको नाममा ठगी गर्नेमाथि कारबाही हुने

काठमाण्डु टुडे २०७० पुष २० गते ११:३२ मा प्रकाशित

krishna-hari-baskotaकाठमाण्डु, २० पुस– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले मुलुकको आर्थिक एवम् सामाजिक रूपान्तरणका लागि सहकारी अपरिहार्य भएको उल्लेख गर्दै सहकारीको नाममा ठगी गर्नेमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन् ।

सहकारीको अवधारणा आर्थिक र सामाजिक रूपान्तरणका लागि भएपनिसहकारीको नाममा ठगी बढिरहेकाले त्यो नियन्त्रण गर्न सरकार कठोर भएर प्रस्तुत हुने उनले बताए ।

नेपालमा २९ हजार ५ सय २६ वटा सहकारी दर्ता भएका छन् । ती सहकारीमा १ खर्ब ५८ अर्ब १६ करोड २७ लाख रुपैयाँ निक्षेप रहेको छ । यस्तै १ खर्ब ३३ अर्ब ७२ करोड दुई लाख कर्जा लगानी भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us