राजश्व प्रशासनको कामप्रति अर्थमन्त्री असन्तुष्ट

काठमाण्डु टुडे २०७० पुष १९ गते १२:१४ मा प्रकाशित

shankar koiralaकाठमाण्डु, १९ पुस– अर्थमन्त्री शंकरप्रसाद कोइरालाले राजस्व प्रशासनले अपेक्षाकृत कार्यसम्पादन नगरेको बताएका छन् ।

अर्थमन्त्रालयमा भएको समीक्षा बैठकमा कोइरालाले राजश्व प्रशासनको कामप्रति आफू सन्तुष्ट नभएको बताए । उनले कुनै पनि पक्षसँग सम्झौता नगरी राष्ट्रप्रतिको आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिए ।

राजस्व प्रशासन सुस्त, सम्झौतावादी र खुट्टा कमाउने हुँदै गएको अनुभव आफूले गरेको भन्दै कोइरालाले यसलाई सरकार फेरिने विषयसँग तुलना नगर्न पनि आग्रह गरे । एउटै मुद्दा फैसला नगरी वर्षौं झुलाउने प्रवृत्ति तत्काल अन्त्य गर्नुपर्ने भन्दै कोइरालाले सम्पत्ति शुद्धीकरण विभागलाई खुट्टा नकमाई दृढतापूर्वक काम गरेर देखाउन निर्देशन दिए ।

राजस्व कार्यालय नभएका जिल्लामा कर अधिकृत पठाएर भएपनि सरकारले दिएको कर छूटको अवसरलाई उपयोग गर्ने अवसर व्यवसायीलाई उपलब्ध गराउन उनले सुझाव दिए ।
अर्थ सचिव शान्तराज सुवेदीले पुस मसान्तसम्म सरकारले दिएको छूटको उपयोग नगर्ने उद्यमी व्यवसायीलाई माघदेखि आक्रामक रुपमा कारबाही अघि बढाउन आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us