कुशल व्यवस्थापन भए लोडसेडिङ घटाउन सकिन्छ : विष्ट

काठमाण्डु टुडे २०७० पुष १८ गते १४:४९ मा प्रकाशित

Gokarna-Bistaभक्तपुर, १८ पुस– नेकपा (एमालेका नेता गोकर्ण विष्टले स्पष्ट भिजन लिएर अगाडि बढे केही वर्षभित्रै लोडसेडिङ अन्त्य गर्न सकिने बताएका छन् ।

भक्तपुरमा भएको कार्यक्रममा विष्टले नेपालमा लोडसेडिङलाई अन्त्य गर्न विभिन्न क्षेत्रबाट पहल भइरहेको भन्दै उनले कुशल राजनीतिक व्यवस्थापन हुने हो भने लोडसेडिङ तीन गुणाले कम गर्न सकिने दाबी गरे ।

अहिलेसम्म कुशल व्यवस्थापनको अभावकै कारणले जनताले लोडसेडिङको मार खेप्नुपरेको बताउँदै विष्टले निर्माणाधीन विद्युत् परियोजना तत्काल अगाडि बढाउनुपर्ने, नयाँ आयोजना सुरुवात गर्नुपर्ने बताए ।

यसैबीच दैलेख क्षेत्र नं १ का सभासद् अमर थापा र जाजरकोट क्षेत्र नं २ का सभासद् राजिवविक्रम शाहले विकासका लागि प्रतिबद्ध एवम् एकता भएमात्र विकास गर्न सकिने बताएका छन् ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us